२४ कात्तिक, विराटनगर । भारतको अयोध्याको विवादित जमीनको विषयमा भारतीय सर्वाेच्च अदालतले फैसला सुनाएपछि पूर्वी नेपालको सीमा क्षेत्रमा भारतीय प्रशासनले सर्तकता बढाएको छ ।
फैसला पश्चात हुनसक्ने सम्भावित गतिबिधिलाई नियन्त्रण गर्न भारतीय प्रहरी सीमावर्ती क्षेत्रमा सर्तकता अपनाएको हो । भारतलु सीमा क्षेत्रमा खटिएको एसएसबीमार्फत निगरानी बढाएको छ ।
भारतीय पक्षले सीमा क्षेत्रमा निगरानी बढाए पनि नेपाल पक्षको सुरक्षा निकायलाई भने जानकारी गराएको छैन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारी सीमा नाकाको अवस्था सामान्य रहेको बताउँछन् ।
भारतीय प्रहरीले सर्तकता बढाएको विषयमा जानकारी नभएको उनको भनाइ छ । तर, अयोध्या विवादमा फैसला आउनुअघि भारतीय प्रहरीले नेपाल पक्षलाई जानकारी गराएको थियो ।
सामाजिक सञ्जालमा सर्तकता
अयोध्यामा विवादमा भारतीमा सामाजिक सञ्जाल प्रयोगमा पनि कडाइ गरिएको छ । स्थानीय प्रशासनले धार्मिक सहिस्णुतामा खलल पुर्याउने खालमा सन्देश पठाउन कडाइ गरेको भारत अररियाका पत्रकार बरुण मिश्रले बताए ।
फैसला आउनु पूर्व नै स्थानीय प्रशासनले सामाजिक सञ्जालमा सदभाव भड्काउने खालमा सन्देश र सामाग्री पठाउन प्रतिबन्ध लगाएको थियो ।
मिश्रका अनुसार सामाजिक सदभाव भड्काउने खालको सन्देश पठाए कानूनअनुसार कारवाही हुने चेतावनी दिइएको छ । उनका अनुसार फैसला अघि र पछि पनि सिमावर्ती क्षेत्रमा प्रहरीले सर्तकता अपनाएको छ ।
भारतको सर्वाेच्च अदालतले शनिबार विवादित जग्गामा राम मन्दिर बनाउन दिने र मुस्लिम समुदायलाई छुट्टै स्थानमा पाँच हेकड जमीन उपलब्ध गराउन सरकारको नाममा फैसला सुनाएको थियो ।