+
+

रैका टुर्सलाई ‘हस्पिटालिटी एण्ड ट्राभल्स अवार्ड’

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २ गते ११:४०

काठमाडौं । नेपालको रैका टुर्सले ‘हस्पिटालिटी एण्ड ट्राभल्स अवार्ड २०१९’ प्राप्त गरेको छ । भारत पर्यटन विकास निगम, हस्पिटालिटी इन्डिया र जिटीसी इभेन्टले नयाँदिल्लीमा आयोजना गरेको कार्यक्रममा ट्राभल्सका प्रवन्ध निर्देशक अमरबहादुर शाहीलाई भारतका पूर्वमन्त्री एवं राज्यसभाका सभासद विजय गोयलले उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् ।

यही पुरस्कारबाट काठमाडौंको चन्द्रागिरि हिल्स पनि पुरस्कृत भएको छ ।

दुई दशकअघि स्थापित रैकाले बाहृय पर्यटन प्रवर्द्धनसँगै मध्यपश्चिम र सुदूरपश्चिमको एकीकृत पर्यटन विकासमा अगुवाइ गर्दै आएको छ । रैकाले सन् २०१३ देखि ‘सेभ द टाइगर’ अभियान पनि चलाउँदै आएको छ ।

त्यस्तै उसले गि्रन फारवेस्ट अभियानअन्तर्गत सन् २०१० देखि बर्सेनि सुदूरपश्चिममा वृक्षारोपण गर्दै आएको छ । यस क्रममा डेढ लाख विरुवा रोपिसकेको शाहीले बताए ।

प्रतिष्ठित पुरस्कारबाट पुरस्कृत भएपछि प्रवन्ध निर्देशक शाहीले पर्यटन प्रवर्द्धनमा थप सघाउ पुग्ने विश्वास व्यक्त गरे । ‘हाम्रो कामको नतिजा हो यो’, पुरस्कृत भएपछि टुर्सका प्रवन्ध निर्देशक शाहीले भने, ‘नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा आएको यस सुखद खबरले हाम्रो पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ ।’

पुरस्कार प्राप्त गरेपछि अमरबहादुर शाहीले भने, ‘यो अवार्ड रैकाको मात्र नभएर समग्र देशले पाएको अवार्ड हो । यो अवार्डले मलाई अझ थप जिम्मेवार बनाएको महसुस गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?