+
+

नयाँबानेश्वरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ८ गते ९:०३

८ मंसिर, काठमाडौं । सवारी साधनको ठक्करबाट काठमाडौंको नयाँबानेश्वरमा एक जनाको मृत्यु भएको छ ।

संसद भवनको दक्षिण गेट अगाडि सिभिल अस्पतालमा कार्यरत् चिकित्सक प्रभु जोशीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते भएका जोशीलाई नजिकै रहेको उनी कार्यरत् अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

ठक्कर दिने सवारी साधानको पहिचान भएको छैन ।

‘बिहान पौने ६ बजेको घटना भएकाले गाडी स्पष्टसँग देखिएको रहेनछ’, महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले भने, ‘सीसी टीभी फुटेजको विश्लेषणबाट पत्ता लगाउने कोशिश गरिरहेका छौं ।’

मृतकको टाउकोमा गम्भीर चोट देखिएको बानेश्वर प्रहरी वृत्तका डीएसपी दुर्गाराज रेग्मीले बताए ।

चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

चितवनको भरतपुर महानगरपालिका-२९ दासढुंगामा आइतबार बिहान ट्रककोे ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार मुग्लिनबाट हेटौंडातर्फ जाँदै गरेको ना ६ ख १८९६ नम्बरको ट्रकले ती पुरुषलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते उनको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान करिब ६:२५ बजे मृत्यु भएको हो । दुर्घटना बिहान करिब ५:५४ बजे भएको थियो ।

पुरुषलाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?