+
+

सीमा बचाऊ अभियानद्वारा नेपालको वास्तविक नक्सा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ८ गते १९:५६

८ मंसिर, काठमाडौं ।  सीमा बचाऊ अभियानले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ ।

अभियानको नक्सा समितिले आइतबार काठमाडौैंमा पत्रकार सम्मेलन गर्दै नेपालको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको हो ।

अभियानले सार्वजनिक गरेको नक्सा डिजिटल एलिभेसन मोडेलबाट रेखांकन गरेको बताएको छ । नक्सामा काली नदीको मुहानबारे र लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर तयार पारिएकाले यसलाई अन्तराष्ट्रियकरण गरिने बताइएको छ ।

कार्यक्रममा नागरिक अगुवा तथा सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्साबारे घर घरमा चर्चा हुनुपर्ने बताए । अभियन्ता रिसालले सार्वजनिक गरिएको नक्सा सुगौली सन्धि अनुसारको भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?