+
+

‘जिन्दाबाद’ ब्याण्डको नयाँ गीत ‘हतकेला’ टुबोर्ग ओपन सेसन्स् २ मा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ९ गते १७:४८

९ मंसिर, काठमाडौं । ६ वर्षको लामो अन्तरालपछि ‘जिन्दाबाद’ ब्याण्डले आफ्नो नयाँ गीत ‘हतकेला’ टुबोर्ग ओपन सेसन्स् २ मा प्रस्तुत गरेको छ। च्यानल आरबिट्ररीद्वारा २०१८ मा शुरु गरिएको टुबोर्ग ओपन सेसन्स् एक युट्युब श्रृंखला हो र पछिल्लो सिजनको व्यापक सफलतापछि केहि प्रख्यात कलाकारहरुको बेजोड प्रस्तुतिको साथमा टुबोर्ग ओपन सेसन्स्को सिजन २ शुरु भएको छ।

रिवाईन्ड, सेडस् अफ यु, स्पोईलिन जस्ता लोकप्रिय गीतहरुका लागि चिनिने जिन्दाबाद, नेपालमा रहेका थोरै उत्कृष्ट प्रोग्रेसिभ–अल्टरनेटिभ रक ब्याण्डहरु मध्ये एक हो। अरुभन्दा फरक र अद्वितीय प्रस्तुतीमार्फत जिन्दाबादले नेपाली रक संगीत क्षेत्रमा उल्लेखनीय छाप छोडेको छ।

२००९ मा ‘ग्लोबल ब्याटल अफ दि ब्याण्डस्’ मा सहभागी हुन स्थापना भएको जिन्दाबाद आफ्नो अद्वितीय सांगीतिक शैलीका साथ फेरी एक पटक नेपाली सांगीतिक क्षेत्रमा फर्किएको छ। आफ्ना गीतका शब्द र कम्पोजिसन ब्याण्डका सदस्यहरु आफै गर्ने गर्दछन्।

बाल्यकालदेखि नै संगीतमा रुचि राख्ने ब्याण्डका सबै ५ सदस्यहरुले आफै संगीत सिक्दै आएका छन्। निकै धेरै मेहेनत र समर्पणका कारण आफ्नो अद्वितीय सांगीतिक शैली संगीत प्रेमीहरु माझ पुर्याउन जिन्दाबाद सफल रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?