+

विमलको स्थानमा आएका राजेशको साग सपना

२०७६ मंसिर  १० गते १५:२६ २०७६ मंसिर १० गते १५:२६
विमलको स्थानमा आएका राजेशको साग सपना

१० मंसिर, काठमाडौं । गत सिजन शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमै न्यूरोड टिम एनआरटीले विभागीय टोली त्रिभुवन आर्मीसँग बराबरी खेल्दै अंक खोस्यो । उपाधिको दाबेदार आर्मीलाई २-२ मा राखेको खेलमा ए डिभिजन लिगमा पुनरागमन गरेको एनआरटीका दोस्रो गोल गर्ने खेलाडी थिए राजेश परियार ।

पहिलो खेलमै गोल गर्न सफल राजेश लिगमा राम्रो प्रदर्शन गर्दै सबैको नजरमा पर्न सफल भए ।

ए डिभिजन लिगमा डेब्यू गरेको ठीक एक वर्षपछि राजेशले राष्ट्रिय टिममा इन्ट्री मारेका छन् ।

नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि घोषित नेपाली टोलीमा उनी अठाएका हुन् । राजेश परियारसँगै प्रेजन तामाङ र राजीव लोप्चन भाग्यमानी बन्दै साग खेल्ने यू-२३ राष्ट्रिय टिममा अटाएका हुन् ।

सुरुमा विमल घर्ती मगर, अन्जन विष्ट र दिनेश राजवंशी साग खेल्ने टिममा थिए । तर उनीहरु अनुशासनको कारबाहीमा परेपछि वैकल्पिकमा रहेका तीन जनाले अवसर पाएका हुन् ।

टिममा पर्दा खुसी देखिएका राजेशले भने, ‘दाइहरुको रिपल्समेन्टमा टिममा परेको छौं । उहाँहरुले जस्तै खेल्न नसकेपनि राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछौं ।’

नेपालले २० वर्षपछि घरेलु भूमिमा साग आयोजना गर्दैछ र फुटबल टोलीले दशरथ रंगशालमा खेल्दैछ । २०७२ को विनाशकारी भूकम्पका कारण नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला तयार हुन १३औं साग नै कुर्नुपर्‍यो । सोमबार नेपाली टोलीले पहिलो पटक पुनर्निर्मित रंगशालामा अभ्यास गरेको छ । नेपालले त्यही साग फुटबल खेल्ने भएपछि नेपाली टिम उत्साहित छन् । झन् राजेश जस्ता नयाँ खेलाडीहरुको लागि यो विशेष बन्नेछ ।

राजेश साग खेल्नुलाई सपना पूरा भएको मान्छन् । ‘पहिल्यैदेखि नेशनल टिममा खेल्ने चाहना थियो, यो त डि्रम कम ट्र्यू भने जस्तै हो’ उनले भनेका छन, ‘सबैले धेरै मेहनत गरेका छन् । मेरो लागि यो अवसर पनि हो राम्रो गरेर देखाउने ।’

राजेशले यू-१२ देखि नै एन्फामा रहेर खेल्दै आएका छन् । उनले उमेर समूहमा पनि खेलिसकेका छन् । उनले सन् २०१५ मा एएफसी यू-१६ क्वालिफायर्स र २०१७ मा एएफसी यू-१९ क्वालिफायर्स खेलेका थिए । राजेशसँगै यू-१५ क्वालिफायर्स खेलेका सुमन अर्याल रअभिषेक रिजालले राष्ट्रिय टिमबाट खेलिसकेका छन् ।

यस्तै प्रेजन तामाङ र राजीव लोप्चनले सँगै साग खेल्ने टिममा इन्ट्री गरेका छन् । यस्तै गोलकिपर अर्पण कार्की, मिडफिल्डर सेसेहाङ आङदम्बे र फरवार्ड रेजिन सुब्बा पनि सागकै टिममा छन् ।

उमेर समूहमा सँगै खेलेको खेलाडीहरुले रहेकाले टिममा राम्रो माहौल रहेको राजेशले सुनाए । ‘दाइहरुले सपोर्ट गरिरहनुभएको छ । राम्रो खेल्न हौसला दिइरहनु भएको छ’ उनले भने ।

टिममा २० खेलाडी रहेकाले पहिलो रोजाईँमा खेल्न पाउनेनपाउने अहिल्यै नसोचेको राजेशले बताए । ‘टिम गेम हो। अहिले थाहा छैन’, राजेशले भने, ‘यदि टिममा परेर खेल्न पाएँ भने भने अहिले सोच्दा त्यो पनि अर्को सपना पूरा हुनेछ ।’

साग खेल्ने नेपाली टोली (सिनियर टिमका खेलाडी)

गोलकिपर : विकेश कुथु* , अर्पण कार्की, दीप कार्की

डिफेन्डर : अनन्त तामाङ*, राजीव लोप्चन, सुमन अर्याल*, विक्रम लामा*, विकास खवास, छिरिङ गुरुङ

मिडफिल्डर : सुजल श्रेष्ठ* (कप्तान), सुनील बल*, हेमन्त थापामगर, नितिन थापा, सेसेहाङ आङदेम्बे, तेज तामाङ*, मिक्छेन तामाङ*

फरवार्ड : राजेश परियार, अभिषेक रिजाल*, रेजिन सुब्बा, प्रेजन तामाङ

राजेश परियार विमल घर्तीमगर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय