+
+

३ वर्षभित्र चीनबाट पाइपलाइनमा तेल ल्याउँछौं : मन्त्री भट्ट

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १० गते १७:३८

१० मंसिर, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनबाट पनि पाइपलाइन मार्फत तेल ल्याउने बताएका छन् ।

रिपोर्टस क्लबमा मंगलबार आयोजित साक्षात्कारमा बोल्दै मन्त्री भट्टले आगामी तीन वर्षभित्रै चीनबाट पाइपलाइनबाट नेपालमा तेल ल्याउने दावी गरेका हुन् ।

कार्यक्रममा मन्त्री भट्टले मुलुकमा औद्योगिक वातावरण बनाउँदै कुल ग्राहस्थ उत्पादनमा अहिलेको भन्दा दोब्बर योगदान पुर्‍याउने गरी आफूले काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

अहिले सञ्चालनमा रहेका केही सरकारी रुग्ण उद्योगहरुलाई गति दिन लागि परेको भन्दै मन्त्री भट्टले भने, ‘सरकारी उद्योगहरुले मुनाफा हासिल गर्न सकेका छैनन् । अब यसलाई मुनाफातर्फ लैजानको लागि हामी छलफल गरिरहेका छौं ।’

आफूले कुरा गर्नेभन्दा पनि काम गर्ने भन्दै उनले आफ्नो क्षमता र तागतअनुसार इमानदारीपूर्वक जिम्मेवारी र दायित्व पूरा गर्ने बताए । ‘अरुले जस्तै म ठूलो कुरा गर्ने मान्छे होइन् । म त काम गर्ने मान्छे हुँ । म पूरा इमानदारीपूर्वक आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?