+
+

मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता नगरे बुधबारदेखि कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १० गते १९:२७

१० मंसिर, काठमाडौं । तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेज सहमतिमा नआए बुधबारबाट कारबाहीमा पर्ने भएका छन् ।

मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले सहमतिमा नआए पक्राउ गरेर कारबाही गर्ने निर्णय गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत सहभागी बैठकले मेडिकल कलेजसँग अन्तिम वार्ता गर्ने निर्णय गरेको सहभागी एक अधिकारीले अनलाइनखबरलाई बताए ।

ती अधिकारीका अनुसार मेडिकल कलेज सञ्चालकसँग मंगलबार नै शिक्षामन्त्री पोखरेलले छलफ गर्दैछन् । यसअघि सोमबार गृहमै बसेको बैठकले मेडिकल कलेजलाई शुल्क फिर्ता गर्न २४ घन्टे अल्टिमेटम दिएको थियो ।

तर, मेडिकल कलेजले भने रकम फिर्ता गर्न नसक्ने अडान राख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?