+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

आत्महत्या दुरुत्साहनको आरोपमा शिक्षक पक्राउ

रासस रासस
२०७६ मंसिर १० गते १९:४९

१० मंसिर, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ का खैरनाका मोहनसिंह ऐरी आत्महत्या दुरुत्साहनको आरोपमा मंगलबार पक्राउ परेका छन् । विषालु पदार्थ सेवन गरी आत्महत्या गर्न आफ्नै श्रीमतीलाई बाध्य पारेको भन्दै मृतक ऐरीका बुबा शेरसिंह बोहराले ज्वाइँविरुद्ध ‘आत्महत्या दुरुत्साहन’को किटानी जाहेरी दिएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए ।

सोमबार सरस्वती ऐरीको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । “आत्महत्या दुरुत्साहनअन्तर्गत दिएको किटानी जाहेरीका आधारमा शिक्षक ऐरीलाई पक्राउ गरी अनुसन्धानको कार्य अगाडि बढाएका छौँ”, प्रहरी निरीक्षक चन्दले भने । बेलौरी घर भएका शिक्षक ऐरी कैलालीको कालिका माविमा अध्यापन गराउँदै आएका छन् ।

अपराध संहिता २०७४ को १२ परिच्छेदको ज्यानसम्बन्धी कसुरको दफा १८५ को उपदफा १ अनुसार कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो कार्य गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराए कसुर गर्ने व्यक्तिलाई पाँच वर्ष कैद वा रु ५० हजार जरिवाना हुने व्यवस्था रहेको छ ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भएकै बेला महिलालाई आत्महत्या गर्न बाध्य पारिएको घटनाको महिला अधिकारकर्मीले भत्र्सना गर्दै सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?