
१२ मंसिर, गुल्मी । २६ किलो लागूऔषध चरेससहित गुल्मीबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा प्युठानको गौमुखी गाउँपालिका-३ रजवाराका ३३ वर्षीय बालाराम पुन रहेका छन् ।
गुल्मीको मदाने गाउँपालिका वडानम्बर–१ अग्लुङ फेदीबाट पुनलाई २६ किलो चरेससहित नियन्त्रणमा लिएको गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए ।
प्रदेश नम्बर ५ प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीको टोलीले प्युठानबाट गुल्मी तर्फ ल्याउँदै गरेको अवस्थामा सुराकीको आधारमा उनलाई नियन्त्रणमा लिएको घलेले बताए ।
पक्राउ परेका पुनलाई लागूऔषध ओसारपोसार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको घलेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4