+
+

सागको उद्घाटन र समापनको दिन जोर विजोर लागू गरिने

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १२ गते १४:४५

१२ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन र समापनको दिन सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने भएको छ ।

बिहीबार आयोजित तयारी समितिको पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंसिर १५ उद्घाटनको दिन विजोर नम्बरका र मंसिर २४ गते समापनको दिन जोर नम्बरका गाडीमात्र चल्न अनुरोध गरिने बताए ।

१३ औं दक्षिण एसियाली खेलकुद ९साग० को समयमा पुराना गाडी नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंमा साग खेलकुद सञ्चालन हुँदा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त, व्यवस्थित र सुरक्षित बनाउन ८ बुँदे विशेष अनुरोध नै जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?