Comments Add Comment

अर्घाखाँची बस दुर्घटना अपडेट : मृतक १९ जनाकै सनाखत

१२ मंसिर, काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६ नरपानीमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ । मृतक १९ जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

सनाखत भएका ११ जनाको शव पोष्टमार्टमपछि आफन्तले बुझिसकेका छन् भने ८ जनाको शव बुझाउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १० जना घाइते मध्ये ६ जनाको अवस्था गम्भीर छ । घाइतहरुको बुटवल, भैरहवा, ललितपुरमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस अर्घाखाँची बस दुर्घटना : मृतकको संख्या १९ पुग्यो, ११ को सनाखत

मृत्यु हुनेहरूको विवरण–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment