+
+

हुण्डी कारोबारको आशंकामा ३८ लाख रुपैयाँसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १२ गते १९:२४

१२ मंसिर, काठमाडौं । अवैध हुण्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं–१८, नरदेवीका ५८ वर्षीया गोबर्द्धनप्रसाद सरावगी र अर्घाखाँचीका २३ वर्षीय कृष्णप्रसाद भट्टराई छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले उनीहरुलाई ३८ लाख १२ हजार रुपैयाँसहित न्युरोटबाट पक्राउ गरेको हो ।

महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार भट्टराईलाई अन्जनी ओभरसिजका सञ्चालक सरावगीले हुण्डी गर्न अवैध रकम ३० लाख दिएका थिए । थप ८ लाख १२ हजार नगदसहित अन्य विभिन्न व्यक्तिको नाममा काटिएको चेक पनि उनको साथबाट बरामद भएको थापाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?