१३ मंसिर, धरान । धरान उपमहानगरपालिकाको मेयर र एक वडाअध्यक्ष पदका लागि शनिबार उपनिर्वाचन हुँदैछ । निर्वाचन कार्यालयले मतपत्र बाँड्नेदेखि मतदानस्थलको सुरक्षासहित आवश्यक व्यवस्थाको तयारी सकेको जनाएको छ ।
धरानका मुख्य निर्वाचन अधिकारी राधाकृष्ण उप्रेतीले भोली हुने निर्वाचनका लागि आवश्य तयारी पुरा गरिएको जानकारी दिए ।
कार्यालयका अनुसार धरानमा २८ मतदान स्थलमा ९० केन्द्रहरु बनाइएको छ । धरानमा पछिल्ला १३ हजार ५ सय ७१ थपसहित ९२ हजार ८ सय ५३ मतदाता रहेको उप्रतीले जानकारी दिए । कार्यालयले अन्तिम तयारी गरेको र भयरहित वातावरणमा निर्वाचन गराउन नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिने बताएको छ ।
निर्वाचन हुने अघिल्लो दिन आज धरानमा कतै मतदाता परिचय पत्र बाँडिदै गरेको, कतै सेनाको गस्ति त कतै मतदान स्थलमा मतदान केन्द्र बनाउँदै गरेको दृष्यले चुनावी माहोल बढेको देखिएको छ ।