
फाइल फोटो ।
१४ मंसिर, काठमाडौं । काभ्रेबाट प्रहरीले एक थान गोलीसहित पेस्तोल बरामद गरेको छ ।
काभ्रेको रोशी गाउँपालिका-११ कालढुङगास्थित माँ चण्डेश्वरी एग्रिगेट स्टोन प्रालिबाट म्याग्जिन सहितको पेस्तोल र केएफ ७.६५ लेखिएको १ राउण्ड गोली शुक्रबार राति बरामद भएको प्रहरीले जनाएको छ ।
उक्त प्रालिको कार्यालय तथा कामदारहरु बस्न बनाइएको घर टहराभित्र पेस्तोल लुकाई राखेको भन्ने सूचनाको आधारमा खानतलासी गर्दा भुइँमा विछ्याइएको डनलपभित्र लुकाइ राखेको अवस्थामा उक्त हतियार बरामद गरेको प्रहरीले जनाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रे र ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरीले उक्त प्रालिबाट हतियार बरामद गरेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4