Comments Add Comment

कास्की-२ मा साढे दुई बजेसम्म ५५ प्रतिशत मत खस्यो

१४ मंसिर, पोखरा । कास्की क्षेत्र नं. २ को प्रतिनिधिसभाको उपचुनावमा दिउँसोसम्म बजेसम्म ५५ प्रतिशत मतदान भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेन्द्र सुवेदीले दिउँसो साढे २ बजेसम्म ५५ प्रतिशत मत खसेको जानकारी दिए ।

कास्की-२ उपचुनाव हुन लागेको प्रतिनिधिसभाको एउटा मात्रै क्षेत्र हो । यस क्षेत्रका सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उपचुनाव हुन लागेको हो ।

उपचुनावमा ७१ हजार ८७१ जना मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment