Comments Add Comment

सीमा अतिक्रमणविरुद्ध विप्लव समूहले भारतीय दुतावास अगाडि प्रदर्शन गर्ने

फाइल फोटो ।

१४ मंसिर, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सीमा अतिक्रमणको विरोधमा भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गर्ने भएको छ ।

भारतले लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायत ७१ स्थानमा सीमा मिचेको भन्दै मंसिर २२ गते काठमाडौंस्थित दूतावास अगाडि प्रदर्शन गर्न लागेको उक्त समूहका प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

विप्लव समूहले सीमा बचाउ अभियानले जारी गरेको नक्साको प्रचार प्रसार र प्रदर्शन गर्ने भएको छ । अभियानले मंसिर ८ गते सुगौली सन्धि अनुसार लिम्पियाधुरा समेटिएको नेपालको ‘वास्तविक’ नक्सा सार्वजनिक गरेको थियो ।

मंसिर १५ गते जुलुस प्रदर्शन, १७ गते काठमाडौंमा अन्तरक्रिया, १९ गते नक्सा प्रचार, २० गते नक्सा प्रदर्शन, २४ गते ज्ञापनपत्र बुझाउने र २६ गते साहित्यिक कार्यक्रम गर्ने विज्ञप्तिमा जनाइएको छ । ज्ञापनपत्र कसलाई बुझाउन लागेको भन्ने चाहिँ विज्ञप्तिमा खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment