+
+

१० हजार मिटर दौडमा दीपकले जिते कास्य पदक

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १८ गते ९:४५
कास्य पदक विजेता दीपक अधिकारी । तस्वीर : चन्द्र आले/अनलाइनखबर

१८ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत १० हजार मिटर दौडमा नेपालका दीपक अधिकारीले कास्य पदक जितेका छन् ।

यस प्रतिस्पर्धामा भारतका सुरेश कुमारले स्वर्ण पदक र श्रीलंकाका स्वरणले रजत पदक जितेका छन् । यससँगै भारतले जितेको स्वर्ण पदकको संख्या १६ पुगेको छ ।

भारतीय खेलाडी सुरेश कुमारले १० हजार मिटर दूरी २९:३३.६१ समयमा पूरा गरे । श्रीलंकाका स्वरणले ३०:४९.२० समयमा निर्धारित दूरी पार गर्दा नेपालका दीपक अधिकारी थोरै समयले चुके । दीपकले निर्धारित दूरी ३०:५०.०६ समयमा पूरा गरेका छन् ।

नेपालले मंगलबारसम्म २३ स्वर्ण, ९ रजत र १२ कास्य पदक जितिसकेको छ । नेपाललाई पछ्याइरहेको भारतले १६ स्वर्ण, १६ रजत र ९ कास्य पदक जितेको छ ।

१० हजार मिटर दौडमा स्वर्ण पदक जितेका भारतीय खेलाडी सुरेश कुमार । तस्वीर : चन्द्र आले/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?