+
+

कारको ठक्करबार साइकल यात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २७ गते १४:५७

२७ मंसिर, काठमाडौं । पश्चिम नवलपरासीको सुन्दरबस्तीस्थित महेन्द्र राजमार्गमा कारको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

सुनवल नगरपालिका-१३ सुन्दरबस्तीस्थित महेन्द्र राजमार्गमा बा.१३ च ७४८८ नम्बरको कारले बिहीबार राति साइकललाई ठक्करदिँदा सन्तपुर बस्ने २८ वर्षीय रमेश शाहीको मृत्यु भएको हो ।

कारको ठक्करबाट गम्भीर घाइते भएका शाहीको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । कार र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?