+
+

वानेश्वरमा नाटको बृहत सरसफाई कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २७ गते १:२२

२७ मंसिर, काठमाडौं ।  स्वस्थ्य जीवनका लागि स्वच्छ वातावरण भन्ने मुल नाराका साथ नर्दन लाईट एकेडेमी अफ एभिएशन एन्ड टेक्नोलोजी (नाट) ले नयाँ बानेश्वर क्षेत्रमा बृहत सरसफाई कार्यक्रम गरेको छ ।

नयाँ वानेश्वरस्थित नर्दन लाईट एकेडेमी अफ एभिएशन एन्ड टेक्नोलोजी (नाट) कलेज नेपालकै पहिलो अन्तर्राष्ट्रिय सम्बन्धनमा खोलिएको एभिएशन एकेडेमी सहित सामुदायिक विकास तथा सेवा समिति, सामुदायिक प्रहरी सेवा केन्द्र र महानगरीय प्रहरी वृत बानेश्वरसँग सहकार्यमा पञ्चकुमारी मार्ग, मिलन चौक संगम चौक लगायतका क्षेत्रमा सरसफाई गरिएको हो ।

वेलायतको सिटि एण्ड गिल्डसको सम्बन्धनमा एयर क्याविन क्रियू, एरयपोर्ट ग्राउन्ड ह्याण्डलिङ्ग र अन्तराष्ट्रिय पर्यटन बिषयहरु संचालन गर्नुका साथै ईन्टरनेशनल ऐअर ट्रान्सपोर्टेसन एसोसियसनको सम्बन्धनमा पनी बिभिन्न एभिएसन संम्बन्धि बिषयहरु नेपालमा सञ्चालन गर्ने नाटले  वातावरण सफा राख्न र जनचेतना जगाउन सरसफाई कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने भएकाले स्थानीयवासी र प्रहरीसँग सहकार्य गरेको जनाएको छ ।

एभियसन सम्बन्धि शिक्षा प्रदान गरी एभियसन तर्फका शैक्षिक जनशक्ती उत्पादन गर्ने काम गर्ने नाटका निर्देशक शेखर पाण्डेका अनुसार नयाँ बानेश्वर क्षेत्रलाई पूर्ण रुपमा सफा राख्न सामुदायिक विकास तथा सेवा समितिले विगत लामो समयदेखि विभिन्न निकायको सहभागितामा सरसफाई कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।

एयर क्याविनक्रियू, एरयपोर्ट ग्राउन्ड ह्याण्डलिङ र अन्तराष्ट्रिय पर्यटन कोर्ष सञ्चालन गर्ने नाटले वेलायतकै (ए.एस.टि) एअर सर्भिस ट्रेनिङ्गको सम्बन्धनमा इएएसए पार्ट ६६ मोडुलर तालिम कोर्षसँगै वातावरण सफाईको व्यवाहारिक ज्ञानका लागि पनि यस्ता कार्यक्रम गर्दै आएको छ । सरसफाई कार्यक्रममा नाटमा अध्ययनरत विद्यार्थी, शिक्षक, कर्मचारीसँगै प्रहरी, सेवा समितिका प्रतिनिधि र स्थानीयवासीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?