+
+

आईजीपीद्वारा भोजपुर प्रहरीको नयाँ भवन उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २९ गते ११:४६

२९ मंसिर, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, भोजपुरको कार्यालय भवनको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरेका छन् । सरकारको नियमित बजेटबाट नवनिर्मित भवनको आइतबार भोजपुर पुगेर खनालले उद्घाटन गरेका हुन् ।

भोजपुर प्रहरीका अनुसार भवन निर्माणका लागि २८ जेठ ०७४ मा किराँतेश्वर–ओम जाम्बियोङ जेभी काठमाडौंसँग सम्झौता भएको थियो । जसअनुसार ४ करोड ८२ लाख रुपैयाँको लागतमा भवन बनाइएको हो ।

भवन निर्माणको पहिलो चरणमा आरसीसी फ्रेममा ११ हजार ६ सय २५ वर्ग फिट फ्लोर क्षेत्र भएको तीन तले कार्यालय भवन तयार भएको छ ।

साथै, परिचालन कक्ष, कार्य शाखा, अपराध अनुसन्धान शाखा, उजुरी छानबिन शाखा, प्रबन्ध शाखा, सामुदायिक शाखा र भिन्दाभिन्दै महिला तथा पुरुष हिरासत कक्ष लगायतको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?