+
+

कांग्रेस बैठक बस्दै नबसी स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ३० गते १८:०५

३० मंसिर, काठमाडाैं । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष अनुपस्थित भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको छ ।

बैठकका लागि पार्टी कार्यालय पुगेका संस्थापन पक्षका नेताहरु आन्तरिक छलफल गरेर फर्किएका छन् । कांग्रेस केन्द्रीय समितिको बैठक १ बजे बोलाइएको थियो ।

तर त्यसअघि उपसभापति विमलेन्द्र निधिले पौडेल समूहको वार्ता टोलीलाई भेटेर छलफल गरेको थियो । कुराकानी सकारात्मक भएको बताइए पनि कुनै सहमति हुन सकेन र, पौडेल समूहले १४औं महाधिवेशनको कार्यतालिका नबाउने सहमति नहुँदासम्म बैठकमा नआउने अडानमा दोहोर्‍याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?