+
+

भ्याली एक्सप्रेसको पाँचौं शाखा सिनामंगलमा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ३ गते ११:११

३ पुस, काठमाडौं ।  भ्याली कोल्ड स्टोर प्रालि ‘भ्याली ग्रुप’ अन्तर्गतको भ्याली एक्सप्रेसले पाँचौ शाखा त्रिभुवन विमानस्थल सिनामंगलमा खोलेको छ। विमानस्थलमा रहेको पार्किङ भवनमा भ्याली एक्सप्रेसको पाँचौ शाखा बुधबार खुलेको हो।

२०४१ मा स्थापित भ्याली ग्रुप ३१ वर्षपछि फाष्टफुडको व्यापारमा प्रवेश गर्दै २०७१ मा भ्याली एक्सप्रेसको ब्राण्डमा चितवनमा आफ्नो पहिलो शाखा खोलेको थियो। दोस्रो शाखा काठमाडौंको नयाँबजारमा खोलेर काठमाडौं उपत्यकामा प्रवेश गरेको समूहले काठमाडौंको बसन्तपुर र महाराजगन्जमा यसअगाडि नै शाखा विस्तार गरिसकेको छ। बिस्तारै काठमाडौंबाहिर पनि भ्याली एक्सप्रेसको शाखा विस्तार गर्न समूहले जनाएको छ।

भ्याली ग्रुपमा अहिले भ्याली कोल्ड स्टोर प्रालि, भ्याली फिड ईण्डष्ट्री, भ्याली पोल्ट्री प्रालि, भ्याली पेलेट फिड प्रालि सञ्चालनमा छन्। पोल्ट्री व्यवसाय सम्बन्धी खोज र अनुसन्धान गरी आधुनिक, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धी बनाउन भ्याली रिसर्च फार्म स्थापना गरी सञ्चालनमा आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?