+
+
Shares

नेपाली फिल्ममा डेब्यू गर्दै जापानकी मीना योसिदा, साइन गरिन् ‘युनिभर्सिटी अफ गुन्डाज’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते १२:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘युनिभर्सिटी अफ गुन्डाज’ साउन अन्त्यदेखि काठमाडौं, पोखरा, हेटौंडा लगायतका थलोमा छायांकन हुनेछ।
  • जापानी अभिनेत्री मीना योसिदा नेपाली भाषा राम्रोसँग बोल्न सक्ने भएकाले शीर्ष अभिनेत्रीको भूमिकामा अनुबन्धित भएकी छिन्।
  • सलिनमानले लेखेको कथामा सुरेश न्यौपानेले निर्देशन गर्ने फिल्ममा सलोन बस्नेत र सलिनमान बनियाको शीर्ष भूमिका रहनेछ।

काठमाडौं । सलोन बस्नेत र सलिनमान बनियाको शीर्ष भूमिका हुने फिल्म ‘युनिभर्सिटी अफ गुन्डाज’ छायांकन तयारीमा छ । साउन अन्त्यदेखि काठमाडौं, पोखरा, हेटौंडा लगायतका थलोमा सुटिङ हुनेछ ।

गतसाता निर्माताले टिजर सार्वजनिक गर्दै सलोन र सलिनलाई शीर्ष कलाकारको रुपमा चिनाएका थिए । यतिबेला भने, शीर्ष अभिनेत्रीलाई फिल्ममा अनुबन्धित गरिएको छ ।

नेपाली भाषा राम्रोसँग बोल्न सक्ने जापानी अभिनेत्री मीना योसिदा शीर्ष अभिनेत्रीको भूमिकामा फिल्ममा जोडिएकी छिन् । निर्मातासँग उनको लिखित सम्झौता भएको छ ।

सलोनका अनुसार मीना जापानी नागरिक भएपनि नेपाली भाषा राम्रोसँग बोल्न सक्छिन् । उनी अहिले अभिनय तालिम सिकिरहेकी छिन् । विद्यार्थी रहेकी उनको यो पहिलो फिचर फिल्म हुनेछ ।

‘उनी राम्रोसँग नेपाली बोल्छिन् र पर्फम गर्छिन् । हामी पहिलोपटक पार्टीमा भेटिएका हौं । त्यहाँबाट कुरा अघि बढ्दै जाँदा यहाँसम्म पुग्यो । उनले गरेको काम पनि हेर्दा राम्रो लाग्यो’ मीनाबारे सलोनले भने ।

यो फिल्मको लागि मीना अहिले नेपालमा छिन् । सलिनमानले लेखेको कथामा सुरेश न्यौपानेले फिल्मको निर्देशन गर्दैछन् । निर्माण पक्षले अहिलेसम्म अन्य कलाकार र प्राविधिकको नाम सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?