+

आर्मीमाथि मनाङको संघर्षपूर्ण जित

२०७६ पुष  ७ गते १४:०८ २०७६ पुष ७ गते १४:०८
आर्मीमाथि मनाङको संघर्षपूर्ण जित

७ पुस, काठमाडौं । साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिग मा लगातार दोस्रो जित हात पारेको छ । भारतीय खेलाडी दयानन्द सिंहले इन्जुरी टाइममा गरेको गोल निर्णायक बन्दा मनाङले लगातार दोस्रो खेलमा पनि ३ अंक जोडेको छ ।

दुई खेलबाट ६ अंकसहित मनाङ अंक तालिकामा शीर्ष स्थानमा रहेको छ । त्रिपुरेश्वरसथित दशरथ रंगशालमा भएको खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न सकेनन् । इन्जुरी टाइमको दोस्रो मिनेटमा आर्मीका गोलकिपर विकेश कुथुले क्लियर गर्न नसकेको बल मनाङका दयानन्द सिंहले गोलमा परिण गरे ।

खेलपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पाएको अवसर सदुपयोग गर्न नसक्दा पराजित भएको बताए । ‘हामीले खेलमा पाएको अवसर सदुपयोग गर्न सकेनौँ’ न्यौपानेले भने ‘त्यही पनि हामीले इन्जुरी टाइममा आफ्नै गल्तीका कारण गोल खायौँ ।’

उता मनाङका प्रशिक्षक फुजा तोपेले आजको खेलबाट सन्तुष्ट भएको प्रतिक्रिया दिए । अन्तिममा गोल गर्दै हामीले ३ अंक जोड्यौँ त्यसमा खुशी छौँ । उनले बराबरीतर्फ अग्रसर भएको खेल जित्न पाउँदा खुशी लागेको बताए । ‘हामी १ अंकको लागि खेलेका थियौँ । तर ३ अंक पायौँ’ पोष्ट म्याच कन्फ्रेन्समा तोपेले भने ।

यस्तै आफू ढिला आएकोले टिममा तालमेल मिलाउन समय लागेको बताए । त्यसका बावजुद पनि टिमलले राम्रो खेलेको बताए । अघिल्लो खेलमा मनाङले एपीएफलाई २-० ले पराजित गर्दा पोष्टम्याचमा धनेश्वर प्रजापति उपस्थित भएका थिए ।

मनाङले एपीएफविरुद्ध खेलेको टिममा आज दुई परिवर्तन गरेको थियो । यस्तै मनाङ यस सिजन चारै जना विदेशी खेलाडी खेलाउने पहिलो टिमसमेत बन्यो । मनाङले एक दक्षिण एसियालीसहित चारै जना विदेशी खेलाडीलाई आर्मीविरुद्ध खेलाएको हो । उनै भारतीय खेलाडी दयानन्द निर्णायक बन्दा मनाङले ३ अंक जोड्यो ।

पहिलो खेलमा कोरा फ्लोरेस्ट र दयानन्द सिंहलाई विदेशी कोटामा खेलाएको मनाङले आर्मीविरुद्ध फेमी जोसुअ र भिदाल लुइसलाई पनि खेलाएको थियो । उनीहरु अघिल्लो खेलमा पहिलो रोजाईमा खेलेमा रन्जन विष्ट र जीवन गुरुङको स्थानमा खेलेका थिए।

उता आर्मीका कप्तान भरत खवाससहित चार राष्ट्रिय खेलाडी खेलेका थिए । भरत खवास र नवयुग श्रेष्ठले आर्मीको अग्रपंक्ति सम्हाले पनि गोल गर्न सकेनन् । भरत र नवयुगसंगै डिफेण्डर सुमन अर्याल र गोलकिपर विकेश कुथ राष्ट्रिय टिमका खेलाडी हुन् ।

यस्तै विकेशसंगै डिफेण्डरद्वय सुमन अर्याल विकास खवास र मिडफिल्डर सेसेहाङ आङदम्बे नेपालले १३ औं सागमा स्वर्ण पदक जित्दाको टिममा थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय