काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, फिनल्याण्डले आयोजना गरेको बुद्धिचाल प्रतियोगितामा पवन सिंह विजयी भएका छन् ।
१६ प्रतियोगीलाई चार समूहमा बाँडेर राउण्ड रोबिनको आधारमा गरिएको प्रतियोगितामा प्रगति भण्डारी उपविजेता बनिन् ।
समूह चरणबाट जनक पाण्डे, डम्बरकुमार फोम्बो, पवन सिंह र प्रगति भण्डारी अन्तिम चारमा पुगेका थिए ।
विजेतालाई बधाई दिदै एनआरएनए फिनल्याण्डले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ ।