
२८ मंसिर, काठमाडौं । प्रदेश ३ को नाम बागमती राखेकामा नेपाल आदिवासी जनजाति महासंघले विरोध जनाएको छ । पहिचानमा आधारित नेवा– ताम्सालिङ राख्नुपर्नेमा प्रदेशसभाले बागमती राखेको भन्दै महासंघले असहमति र विरोध प्रकट गरेको हो ।
प्रदेशसभालाई सत्तारुढ नेकपाको आदेशबाट प्रदेशसभा सांसदलाई बन्दी बनाएर र नागरिकसँग छलफल नै नगरी पञ्चायतकालको झल्को दिने गरी प्रदेशको नामाकरण गरेको महासंघको आरोप छ ।
यसरी नामाकरण गरिनुले जनआन्दोलन, सशस्त्र युद्ध, आदिवासी आन्दोलन, मधेश आन्दोलनलगायत आन्दोलनको औचित्यमाथि नै प्रश्न उठाएको महासंघले सोमबार विज्ञप्ति निकालेर उल्लेख गरेको छ ।
ुसदियौंसम्म उत्पीडनमा पारिएको तामाङ, नेवार लगायत नेपालका सम्पूर्ण आदिवासीहरुलाई राज्य, सरकार र प्रमुख दलहरुले फेरि पनि शोषित पीडित नागरिककै रुपमा दर्ज गर्न खोजिरहेको नियत यस खाले निरन्तरको पश्चगामी कदमहरुले छर्लङ्ग पार्दै आएको छु कार्यबाहक महासचिव सुखवीर थामीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया 4