+
+

भारतद्वारा निर्यातमा प्रतिबन्ध लगाइएको कोइला धमाधम नेपाल भित्रिँदै

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७६ माघ १ गते ११:३०

१ पुस, रौतहट । भारत सरकारले कोइला निर्यातमा प्रतिबन्ध लगाए पनि दैनिक हजारौं टन कोइला त्यहाँबाटै नेपाल भित्रिने गरेको पाइएको छ ।

भारतले कोइला निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालसँग जोडिएको बिहारको बैरगनिया नाका भएर रौतहटको गौरतर्फ दैनिक १० ट्रकसम्म आयात हुने गरेको हो ।

बिहारको वैरगनियाको नाममा आउने कोइला नक्कली कागजातको आधारमा भारतीय कस्टम (भन्सार) र एसएसबीको सहयोगमा गौर भन्सार कार्यालयमासम्म पुर्‍याइने गरेको छ ।

गौर भन्सार कार्यालयका प्रमुख राजनबाबु काफ्ले भारतले कोइला निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालले भने रोक नलगाएको बताउँछन् । ‘नेपाली भन्सारसम्म कोइला बोकेर आइपुगेका ट्रकहरूलाई नियमानुसार राजस्व लिएर पठाउने गरिएको छ’, उनले भने ।

भारतले निर्यातमा कडाइ गरेपछि नेपालमा कम मात्रामा काेइला आइरहेको र यसले राजस्व संकलनमा सहयोग गरिरहेको उनको भनाइ छ ।

नेपाल सरकारले कोइलामा प्रतिकिलो ८ रुपैयाँ भन्सार, ५ प्रतिशत राजस्व र १३ प्रतिशत भ्याटसमेत लगाउने गरेको गौर भन्सार कार्यालयले जनाएको छ । २४–४० टनसम्म कोइला बोक्ने प्रतिट्रकको भन्सार ८० हजारदेखि लिएर एक लाखसम्म हुने गरेको गौर भन्सार कार्यालयको तथ्याङ्कले देखाउँछ ।

भारतले गुवाहाटी, मेघालय, मिजोरमलगायतका स्थानहरूबाट कोइला निर्यात गर्न पूर्ण रूपमा रोक लगाएको छ । तर, सिमापारि विहारको वैरगनियामा तयार पारिने नक्कली बिल र कागजातकै आधारमा कोइला नेपाल भित्रिरहेको छ । यसमा भारतीय कष्टम, एसएसबी र नेपाली भन्सारको मिलेमतो हुने गरेको दाबी स्रोतको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?