+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अमेरिका र चीनबीच व्यापार युद्ध कम गर्ने सम्झौता, ट्रम्पले भने- बलियो सम्बन्धको सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २ गते ८:५८

२ माघ, काठमाडौं । अमेरिका र चीनबीच व्यापार युद्ध कम गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । वाशिंगटनमा प्रतिष्ठित व्यापारीहरुको सहभागीतामा दुवै देशका अधिकारीहरुबीच व्यापार युद्ध कम गर्ने सम्झौता भएको हो ।

अमेरिका र चीनबीच लामो समयदेखि चलेको व्यापार युद्धले विश्वभरको अर्थव्यवस्थामै नकारात्मक असर परेको थियो ।

सम्झौतामा हस्ताक्षरपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग अझै बलियो सम्बन्ध सुरु हुने बताए । उनले भने, ‘हामी दुवै मिलेर विगतका गल्ती सच्याउँदै छौं । हामी मिलेर आर्थिक न्याय र सुरक्षित भविष्य तयार गर्दै छौं । सम्झौता आफ्नो ठाउँमा छ, त्योभन्दा ज्यादा यो विश्वमा शान्ति ल्याउने कोसिस हो ।’

यस्तै चीनका नेताहरुले यस सम्झौतालाई हरेक प्रकारले फाइदाको सम्झौता भन्दै यो सम्झौताबाट दुवै देशबीच सम्बन्ध सुधार हुने बताए ।

सम्झौताअनुसार चीनले आफ्नो अमेरिकी आयातलाई २ सय मिलियन डलरसम्म बढाउने प्रतिबद्धता जनाएको छ । यस्तै अमेरिकाले केही चिनियाँ उत्पादनमा लगाइएको अतिरिक्त शुल्क ५० प्रतिशतसम्म घटाउन तयार भएको छ ।

अमेरिकाले चीनलाई बौद्धिक चोरीको आरोप लगाएपछि अमेरिकाले कतिपय चिनियाँ उत्पादनमा आयात निषेध गरेको थियो । आयात हुने चिनियाँ वस्तुमा पनि भारी मात्रामा अतिरिक्त शुल्क लगाएको थियो । त्यसको बदलामा चीनले पनि अमेरिकी उत्पादनमा सोही प्रकारको निर्णय गरेको थियो ।

सन् २०१८ देखि अमेरिका र चीन ‘जस्तालाई त्यस्तै’ रणनीतिमार्फत् व्यापार युद्धमा लागेपछि विश्वभर नै लगानीमा असर परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?