+
+

निर्भया बलात्कार घट्नाका दोषीलाई मृत्युदण्डको अर्को मिति तय

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ३ गते १९:०३

काठमाडौं । नयाँ दिल्लीमा २०१२ मा भएको सामूहिक बलात्कार घट्नाका दोषीहरूको मृत्युदण्ड दश दिन पर सरेको छ । पाटीयाला अदालतले १८ माघका लागि ‘डेथ वारेन्ट’ जारी गरेको छ ।

अदालतले दोषी ठहर गरेका अक्षय सिंह, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई बिहान ६ बजे फाँसी दिइने भएको छ ।

दोषी मध्येका मुकेश सिंहले दिएको जीवन रक्षाको अपील राष्ट्रपति रामनाथ कोविदले शुक्रबार खारेज गरेपछि उनीहरूको मृत्यदुण्ड निश्चित भएको हो । सिंहको त्यही अपीलकै कारण ८ माघका लागि घोषित मृत्यदण्डको मिति सरेको हो ।

मुकेश सिंहका दाजु राम सिंहले हाँकीरहेको बसमा १६ डिसेम्भर २०१२ राती निर्भयामाथि सामूहिक बलात्कार भएको थियो । निर्भयाको मृत्यु भइसकेको छ ।

राम सिंहले २०१३ मा तिहाड जेलका आत्महत्या गरिसकेका छन् । दोषी मध्येका एक जनालाई भने घट्नाका बेला वालिग नभएकाले सुधार गृहमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?