+
+

अशान्तिका कारण इथियोपियाली विश्वविद्यालयबाट ३५ हजार विद्यार्थी विस्थापित

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ४ गते ८:२७

४ माघ, काठमाडौं । इथियोपियाका विभिन्न विश्वविद्यालयमा अध्ययरत ३५ हजार विद्यार्थी विस्थापित भएका छन् । जारी अशान्तिका कारण विभिन्न विश्वविद्यालयबाट ३५ हजार विद्यार्थीले अध्ययनका लागि अनुकुल नभएको भन्दै अन्यत्र गएको अफ्रिकी राष्ट्र इथियोपियाको शिक्षा मन्त्रालयले जनाएको छ ।

विश्वविद्यालयमा हुने राजनीतिक गतिविधिका कारण उनीहरूले अध्ययनका लागि अन्यत्र गएका सम्बद्ध अधिकारीहरूले बताएका छन् ।

यद्यपि, त्यहाँको विज्ञान तथा उच्च शिक्षा मन्त्राललयले भने अवस्था सुधारका लागि प्रयास थालिएको जनाएको छ ।

विश्वविद्यालयहरूले आफू मातहतका विद्यार्थी तथा कर्मचारीलाई अध्ययनमा अवरोध पुर्याएको भन्दै कारबाही सुरू भएको जनाएका छन् ।

मन्त्रालयका अनुसार सुधारका लागि ४० शिक्षक तथा ६४० विद्यार्थीलाई कारबाहीको दायरामा ल्याइएको छ र विस्थापित विद्यार्थीहरूलाई पुनः विद्यालयमा फर्काउन पहल थालेको पनि बताएको छ ।

सन् २०१९ को नोभेम्बरदेखि विश्वविद्यालयमा भएका प्रदर्शन र हिंसाका कारण कम्तीमा एक दर्जन विद्यार्थीको मृत्यु भएको छ भने दर्जनौँ विद्यार्थीहरू घाइते भएका छन् । विश्वविद्यालयमा हिंसा फैलिनुको मुख्य कारण त्यहाँको जातीय तथा धार्मिक भिन्नताका आधारमा हुने विभेद रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?