 
																			१३ माघ, काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
सोमबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहबीच सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारी विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए ।
प्रतिनिधिसभाले आइतबार ४ महिना लामो रिक्तता अन्त्य गर्दै सापकोटालाई निर्विरोध सभामुखमा चयन गरेको थियो । सभामुखमा निर्वाचित भएको भोलिपल्टै सापकोटालले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
योसँगै अब प्रतिनिधिसभा सञ्चालन गर्न बाटो खुलेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4