+
+
WC Series
पोखरा एभेन्जर्स 2025
37/2 (5.6)
VS
८४ बलमा १२९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

पूजासँग पलको यस्तो ‘कसम’(फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १५ गते १२:१७

चलचित्रको इनिसियल व्यापारमा गीतसंगीतको महत्वपूर्ण भूमिका हुन्छ । गीतले दर्शकको नजरमा राम्रो छाप छाडेको खण्डमा चलचित्रको व्यापारमा पनि फरक पर्छ । यसैले, धेरै चलचित्रका निर्माता राम्रो गीत आफ्नो चलचित्रमा राख्नका लागि लालयित त हुन्छन् नै । तर, सबैले सोचेजस्तै गीतले सफलता पाउँछ भन्ने छैन ।

निर्देशक सुदर्शन थापा चलचित्रमा गीत रोज्ने बिषयमा बढी नै सजग छन् । अझ, म्यूजिकल लभ स्टोरी चलचित्रका लागि त गीतको रोजाई अझै विशेष हुने गर्दछ । फागुणको २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ म्यूजिक लभ स्टोरी भएका कारण पनि सुदर्शनले गीतसंगीतमा अझै विशेष ध्यान दिएका छन् ।

चलचित्रको सार्वजनिक भैसकेका २ गीत ‘तिम्रो घरको वरिपरी र दुःखको काँडा’ले सफलता पाइसकेका छन् । दुबै गीतलाई दर्शकले अत्याधिक रुचाएपछि उत्साहित बनेको निर्माणटिमले तेश्रो गीतको रुपमा ‘कसम’ सार्वजनिक गर्दैछ । बिहिबार सार्वजनिक हुन लागेको यो गीतमा गायक सुगम पोखरेलको स्वर, अर्जुन पोखरेलको संगीत छ ।

यो गीतका केही तस्वीर अनलाइनखबरलाई प्राप्त भएका छन् । जसमा, चलचित्रका मुख्य नायक पल शाह र नायिका पूजा शर्माको केमेष्ट्री देख्न सकिन्छ ।

गीतको भिडियोमा निर्माण टिमले लोकेशनलाई पनि विशेष ध्यान दिएको छ । पछिल्लो समयमा उत्कृष्ट गीतको भिडियो तयार पारेर चर्चामा रहेका कोरियोग्राफर रामजी लामिछानेले यो भिडियो तयार पारेका हुन् ।

निर्देशक थापा भन्छन्–‘अघिल्ला २ गीत भन्दा कसम केही फरक छ । सुगम पोखरेलको स्वरमा सजिएको यो गीतमा दर्शक तथा श्रोताले नयाँ स्वाद पाउनुहुनेछ ।’ यो गीतको भिडियो तयार गर्दा टिमले लोकेशनलाई पनि विशेष महत्व दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?