+
+

एमसीसीलाई इण्डो प्यासिफिकसँग जोड्नु बेकार : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १५ गते १३:२१

१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई इण्डो प्यासिफिक रणनीतिसँग जोड्नु बेकार भएको बताएका छन् ।

सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले एमसीसीबारे धेरै विवाद गर्न आवश्यक नभएको बताएका छन् ।

यो कम्प्याक्ट एसियाका साथै अफ्रिका र दक्षिण अमेरिकाका गरी ४९ देशसँग भएको भन्दै उनले भने, ‘यसलाई इण्डो प्यासिफिकसँग जोड्नु बेकार छ ।’

कसको हिडन इन्ट्रेस्ट के छ भनेर खोज्दै जाने हो भने नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध नै राख्न नसक्ने उनले बताए । यो सम्झौता छिटो संसदबाट अनुमोदन गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो स्वार्वभौमसत्तालाई यस सहमतिले कुनै प्रतिकुल असर पार्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?