
२४ माघ, काठमाडौं । थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै घुस लिएको आरोपमा अधिवक्ता पक्राउ परेका छन् । माइतीघरस्थित जन न्यायिक कानुनी सेवामा कार्यरत अधिवक्ता टंकबहादुर राना मगरलाई ठगीको आरोपमा पक्राउ गरिएको हो ।
उनले नख्खु कारागारमा रहेका रमेश दाहाललाई भनसुनमा छुटाइदिन्छु भनेर पीडित परिवारसँग ४२ लाख रुपैयाँ घुस लिएको प्रहरीको दाबी छ ।
दाहाल राजस्व चुहावटको आरोपमा २७ मंसिर २०७५ मा पक्राउ परेका थिए र उनीसँग २ करोड २५ लाख रुपैयाँ धरौटीमा मागिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4