+
+

कोरोना भाइरसबाट लाग्ने रोगको औपचारिक नाम ‘कोभिड–१९’

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २९ गते ९:०८

२९ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनसहित विश्वका दुई दर्जन बढी मुलुकमा फैलिएको कोरोना भाइरसबाट लाग्ने राेगको नामाकरण गरेको छ । राेगको औपचारिक नाम ‘कोभिड–१९’ दिइएको छ ।

कोरोनाको संक्रमण जटिल बन्दै गइरहेका बेला डब्लूएचओले नयाँ नाम दिएको हो ।

‘हामीले कोरोना भाइरसको नाम कोभिड–१९ दिएका छौं,’ डब्लूएचओका प्रमुख टेडोर्स एडहानोमले भने ।

नयाँ नाम ‘कोरोना’, ‘भाइरस’, ‘डिजिज’ (रोग) र संक्रमित फेला परेको वर्षलाई संयोजन गरेर जुराइएको हो । कुनै भूगोल, जनावर, व्यक्ति तथा समूहजनित शब्द उपयुक्त नहुने भएकाले उच्चारण योग्य र रोगसँग सम्बन्धित नाम जुराइएको उनले जनाएका छन् ।

यसअघि इन्टरनेसनल कमिटीले एसएआरएस–कोभ–२ मा कोरोना भाइरसलाई वर्गीकरण गरेको थियो ।

कोरोनाको इपिसेन्टर वुहान रहे पनि चीनसहित दुई दर्जन देशमा संक्रमित भेटिएका छन् । भाइरसबाट सबैभन्दा बढी प्रभावित चीनमा हालसम्म हजार बढीको ज्यान गएको छ । बुधबारमात्रै एक सय बढीको ज्यान गएको थियो । ४२ हजारभन्दा बढी यो नयाँ भाइरसबाट संक्रमित भएका छन् ।

डब्लूएचओले संक्रमण फैलँदै गएकाले यसविरुद्ध आक्रामक रूपमा लड्न विश्व समुदायलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?