Comments Add Comment

दार्चुलामा नेपाली भूमि मिचेर भारतले खन्यो आधा किलोमिटर सडक

४ फागुन, काठमाडौं । आजका पत्रिकाहरुले संसदमा सांसदहरुले राखेका प्रश्न र प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको जवाफलाई प्राथमिकता दिएका छन् । साथै चीनको वुहानबाट १७५ जना नेपालीलाई उद्धार गरेर नेपाल ल्याइएको र ज्वरो आएका कारण ६ जना नेपाली वुहान विमानस्थलमै रोकिएको समाचारलाई पनि आजका पत्रिकाहरुले समेटेका छन् ।

प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै भारतले मिचेका नेपाली भूभाग फिर्ता ल्याउने तयारीमा रहेको बताएका थिए । प्रधानमन्त्रीको यो भनाइलाई आजको कान्तिपुर दैनिकको मुख्य समाचारले काउन्टर दिएको छ । कान्तिपुरका अनुसार महाकाली नदी वारी भारतले सडक खनेको छ । उत्तरी सीमा व्यास क्षेत्रमा भारतले नेपाल भूमीमै आएर करिब आधा किलोमिटर सडक खनेको समाचारमा उल्लेख छ । ब्यास गाउँपालिका-१ को माल्पादेखि दोपखेसम्मको भागमा डोजर गुडाउने सडक, महाकाली नदी तार्न पुल र दुई काठेपुल भारतले बनाइसकेको छ ।

‘भारतले नेपाली भूमिका दुई ठाउँमा सडक बनाएर निर्माण सामाग्री ढुवानी गरिरहेको छ,’ समाचारमा लेखिएको छ, ‘व्यास गाउँपालिका-१ र २ वडाको सीमा क्षेत्र बयलीधारबाट करिब एक किलोमिटरमाथि झण्डै १५० मिटर सडक खनेर भारततर्फ लगिएको छ । त्यहाँबाट २५० मिटरमाथि गएर फेरि नेपाली भूमिमै आएर ३०० मिटर सडक खनेको छ । भारतले सीमा नदी महाकाली किनार हुँदै तिब्बत सीमा लिपुलेक जोड्ने सडक निर्माण गरिरहेको छ ।’

कसरी भयो प्रधानमन्त्रीको डोमेन दुरुपयोग ?

‘कसरी भयो प्रधानमन्त्रीको डोमेन दुरुपयोग ?’ शीर्षकमा अन्नपूर्णले समाचार लेखेको छ । समाचार अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीको साइटमा पोर्न भिडियो कहाँबाट कसले अपलोड गर्यो भन्ने खुल्न सकेको छैन । केपीशर्माओली डटकममा अश्लील सामग्री राखिएकोबारे सरकारले अनुसन्धान तीव्र बनाएको छ ।

अन्नपूर्ण लेख्छ– सुरुमा प्रधानमन्त्री ओलीको व्यक्तिगत जानकारी समेटिएको बेवसाइट लामो समयदेखि दुरुपयोग भएको पाइएको छ । सरकारले दुई वर्षअघि पोर्न साइटलाई प्रतिबन्ध लगाएको थियो । प्रधानमन्त्रीकै नामको डोमेनमा भने सयौं पोर्न भिडियो अपलोड भएका छन् ।

विद्यालयको जग्गा दुरूपयोगबारे नागरिकले समाचार लेखेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–२, च्युरीखेतीस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको करिब १० बिघा जग्गा १३ वर्षदेखि अतिक्रमणमा परेको हो ।

०६२२ मा स्थानीय समुदायले अविद्यालयको नाममा हस्तान्तरण गरेको सो जग्गा विभिन्न व्यक्तिले कब्जा गरेर भौतिक संरचना निर्माण तथा खेतीपाती गरिरहेको नागरिक समाचारमा उल्लेख छ ।

गोलघरमा चर्चित दुई अभियुक्त गोरे र चार्ल्स शोभराजबीच दोस्ती जमेको खबर नयाँ पत्रिकामा छ । समाचार अनुसार, उनीहरूबीच चेस र बाघचालमा प्रतिस्पर्धा हुने गरेको छ ।

हेर्नुहोस् आजका पत्रिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment