+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पद र प्रतिष्ठा पाउनमात्रै एकता गरेका होइनौैं : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ४ गते १८:१०

४ फागुन बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पद प्रतिष्ठा पाउनको लागि मात्रै पार्टी एकता नगरिएको बताएका छन् ।

उनले समृद्धि र समाजवादको यात्रा तय गर्न पार्टी एकता गरिएको दावी गरे । नेकपाको प्रदेश ५ कमिटीले बाँकेको कोहलपुरमा गरेको कार्यक्रममा उनले बताए ।

प्रचण्डले राजनीतिक एकता भए पनि सांगठनिक र भावनात्मक एकता केही बाँकी रहेको बताए । ‘पार्टी एकता टुंगियो, केही बाँकी रहलपहल होला, महासचिवसंग बसेर टुंगिन्छ’ उनले भने ।

उनले अघि थपे ‘कोही कोहीलाई झमेला लाग्न सक्छ, रिस उठ्ने, छोडेर हिँडौं भन्ने पनि हुन सक्छ । तर, हामीले के सोच्नुपर्‍यो भने सामाजिक भावनात्मक वैचारिक ढंगले सुदृढीकरण गर्नुपर्छ ।’

नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा (वादल)ले नेतृत्व एकताबद्ध भएर अगाडि बढेको भन्दै कार्यकर्ताहरुलाई सरकारका काम जनस्तरसम्म पुर्‍याउन आग्रह गरे ।

महासचिव विष्णु पौडेलले सरकारका काम र पार्टीका निर्णयलाई लिएर सातै प्रदेशमा अगुवा कार्यकर्ता भेला र प्रशिक्षणका कार्यक्रम सुरु गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?