+
+

चालु खातामा सुधार हुँदै, शोधानान्तर बचतमा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ४ गते १८:५९

४ फागुन, काठमाडौं । अर्थतन्त्रका दुई सूचकहरु चालु खातामा सुधारकाे संकेत देखिएकाे छ भने शोधानान्तर स्थिति सकारात्मक देखिएकाे छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकमा आधारित मुलुकको समष्टिगत आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी विवरण सार्वजनिक गर्दै चालु खाता तथा शोधानान्तर स्थिति सकारात्मक रहेको बताएको हो ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ६ महिनासम्म चालु खाता घाटा ८४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५२ अर्ब १६ करोड रुपैयाँ रहेको थियो ।

चालु खाता देशभित्र आउने कुल विदेशी मुद्रf र वाहिरिने मुद्राबीचको अन्तर हो । बढि भित्रिए चालु खाता बचतमा हुन्छ, बढि बाहिरिए घाटा हुन्छ ।

यसैगरी चालु आर्थिक वर्षको छ महिनामा शोधनान्तर स्थिति २६ अर्ब ६५ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६३ अर्ब ६८ करोडले घाटामा रहेको थियो ।

एक देशको अन्य देशबीच हुने वित्तीय लेनद नको हिसाव नै शोधनान्तर हो । ब्यापार घाटाजस्तै देशबाट बाहिरिने पैसाको तुलनामा भित्रिने पैसा बढि भएमा शोधनान्तर बचत हुन्छ, कम भए घाटा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?