+
+

चिनियाँ दूतावासको वक्तव्यप्रति सम्पादकहरुको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ७ गते १४:४६

७ फागुन, काठमाडौं । ‘द काठमाडौं पोष्ट’मा प्रकाशित एउटा लेखलाई आधार बनाएर नेपालस्थित चिनियाँ दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिप्रति सम्पादकहरुले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

सम्पादकहरुका तर्फबाट बुधबार जारी वक्तव्यमा चिनियाँ दूतावासको वक्तव्यले कूटनीतिक मर्यादा नाघेको उल्लेख छ ।

द काठमाडौं पोस्टले मंगलबार आफ्नो विचार पृष्ठमा सिकागो ट्रिब्युन र द कोरियन हेराल्डमा प्रकाशित इभो डाल्डरको चीनसम्बन्धी लेख साभार गरेको थियो । सोही लेखलाई लिएर चिनियाँ दूतावासले मंगलबार विज्ञप्ति जारी गरेको थियो ।

चिनियाँ दूतावासको विज्ञप्तिप्रति आपत्ति जनाउँदै सम्पादकहरुको वक्तव्यमा भनिएको छ, ‘कुनै विचार वा समाचार प्रकाशित गरेवापत सम्पादकको नामै उल्लेख गरेर लाञ्छित गर्ने र धम्की दिने कार्यप्रति हाम्रो असहमति छ ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?