+
+

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सईविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ७ गते १९:५२

७ फागुन, काठमाडौं । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी बढुवा भएको आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायव निरीक्षक मुकुन्दप्रसाद उपाध्याय (ढकाल)विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर भएको छ ।

अनुसन्धानको क्रममा उपाध्यायले भारतको बिहार संस्कृत शिक्षा बोर्ड पटनाबाट मध्यमा तह उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक र प्रहरी नायव निरीक्षकमा बढुवा भएको तथ्य पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

आयोगका अनुसार उपाध्यायले सोही योग्यताको प्रमाणपत्र पेश गरी २०५८ सालमा प्रहरी सहायक निरीक्षक र २०६३ माघ २९ मा प्रहरी नायब निरीक्षक पदमा बढुवा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?