+
+

बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १२ गते १०:४३

१२ फागुन, काठमाडौं । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच छलफल भएको छ । जन्मदिन मनाउन जन्मघर तेह्रथुम पुगेर फर्किएको भोलिपल्ट ओलीले प्रचण्डलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् ।

दुईबीच संविधान संशोधनबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । नेकपाले संविधान संशोधनबारे गृहकार्य गर्न नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएपछि यसबारे चर्चा परिचर्चा भइरहेको छ ।

सेक्युरिटी प्रेस खरिदबारे निवर्तमान सञ्चार मन्त्रीले कमिसन डिल गरेको अडियो सार्वजनिकपछि नेकपा आलोचित बनिरहेको छ । नेकपाका दुई अध्यक्षबीच सोमबार बिहान भएको छलफलमा यीलगायतका अन्य विविध समसामयिक विषयमा पनि छलफल भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?