+
+

प्रधानमन्त्री सचिवालयको दाबीमा विनोद चौधरीको खण्डन

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १५ गते १२:३१

१५ फागुन, काठमाडौं । उद्योगपति विनोद चौधरीले अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउने लागेको आरोपको खण्डन गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने निर्णय गरेको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई दोहोर्‍याउने भन्दै निर्णय कार्यान्वयन नगर्ने बताएका छन् ।

खतिवडालाई रोक्नकै लागि गौतमलाई अगाडि सारिएको र नेपाली कांग्रेसका सांसद विनोद चौधरीसहित केही व्यापारी समेतको पहलमा डिनर मिटिङ गरेर योजना बनेको सूचना पाएको प्रधानमन्त्रीको सचिवालयले दाबी गरेको थियो ।

कांग्रेस सांसद समेत रहेका उद्योगपति चौधरीले भने त्यसको खण्डन गरेका छन् । ‘अर्थमन्त्री युवराज खतिवडालाई हटाउन लागेको भनेर प्रकाशित आख्यान श्वैर कल्पनाशीलताको नमुना हो,’ चौधरीले ट्वीट गरेका छन्, ‘खतिवडा संघीय प्रणालीको वित्तीय व्यवस्थापनको उल्लेखनीय योगदान पुर्‍याएका विज्ञ हुनुहुन्छ । उहाँको बहिर्गमन र आगमन नितान्त उहाँकै पार्टीको आन्तरिक विषय हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?