
हालै सार्वजनिक भएको एक रिपोर्ट अनुसार सन् २०१९ मा विश्वमा सर्वाधिक बिक्री भएको स्मार्टफोन एप्पलको आइफोन एक्स आर हो । उक्त आइफोन विश्वका हरेक भौगोलिक बजारहरुमा दोहोरो अंकको बजार हिस्सा ओगट्न सफल स्मार्टफोन पनि बन्न सफल भएको छ ।
उत्तर अमेरिकी महादेशमा सर्वाधिक बिक्री भएका शीर्ष ५ स्मार्टफोनमा एप्पलकै आइफोनहरु पर्न सफल भएका छन् । अर्थात् अमेरिकी स्मार्टफोन प्रयोगकर्ताहरुको रोजाइमा आइफोन परेका छन् । उता युरोपेली बजारमा चाहिँ सामसुङका स्मार्टफोन सबैभन्दा लोकप्रिय रहेका छन् । चिनियाँ बजारमा स्थानीय स्मार्टफोन नै बढी लोकप्रिय रहँदा ल्याटिन अमेरिकामा पनि सामसुङले नै बाजी मारेको छ ।
विश्वका सबै क्षेत्रका बजारहरुमा एप्पल, सामसुङ लगायतका विभिन्न ब्राण्डका स्मार्टफोनहरुको तुलनात्मक बजार हिस्सा कस्तो रह्यो त ? काउन्टरप्वाइन्ट रिसर्चको रिपोर्ट अनुसार अमेरिका र क्यानडा, युरोप, मध्यपूर्व र अफ्रिका, चीन, ल्याटिन अमेरिका र एसिया प्रशान्त क्षेत्रका बजारमा स्मार्टफोनको बजार हिस्सा अनुसार हरेक क्षेत्रका सर्वाधिक लोकप्रिय ५ स्मार्टफोन यस्ता छन् :
१. उत्तर अमेरिका क्षेत्र (अमेरिका र क्यानडा) मा सर्वाधिक लोकप्रिय पाँच स्मार्टफोन
- Apple iPhone XR
- Apple iPhone 11
- Apple iPhone 8
- Apple iPhone 11 Pro Max
- Apple iPhone XS Max
२. युरोप क्षेत्रका सर्वाधिक लोकप्रिय पाँच स्मार्टफोन
- Samsung Galaxy A50
- Apple iPhone XR
- Apple iPhone 11
- Samsung Galaxy A10
- Samsung Galaxy A40
३ . चिनियाँ बजारमा सर्वाधिक लोकप्रिय पाँच स्मार्ट फोन
- Oppo A5
- Oppo A9
- Vivo Y93
- Vivo Y93s
- Huawei P30
४. ल्याटिन अमेरिकी बजारमा सर्वाधिक लोकप्रिय स्मार्टफोन
- Samsung Galaxy A10
- Samsung Galaxy J2 Core
- Motorola Moto E5 Play
- Samsung Galaxy A20
- Samsung Galaxy J4 Core
५. मध्यपूर्व र अफ्रिकाको बजारमा सर्वाधिक लोकप्रिय पाँच स्मार्टफोन
- Samsung Galaxy A10
- Samsung Galaxy A2 Core
- Samsung Galaxy A50
- Samsung Galaxy A20
- Samsung Galaxy A10s
६. बाँकी एसिया प्रशान्त क्षेबको बजारमा सर्वाधिक लोकप्रिय पाँच स्मार्टफोन
- Oppo A5s
- Samsung Galaxy A50
- Apple iPhone XR
- Samsung Galaxy A10
- Realme C2
प्रतिक्रिया 4