
२४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काअध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाकाअनुसार शनिबारबाट प्रधानमन्त्री ओलीलाई नर्मल खाना दिन थालिएको छ भने सामान्य हिँडडुल गराउनुका साथै फिजियोथेरापी पनि जारी छ । ‘उहाँको भाइटल तथा ल्याब सूचकांकहरु सामान्य अवस्थामा छन्’ अस्पातालले विज्ञप्ति जारी गर्दै भनेको छ ।
प्रधानमन्त्रीलाई मिर्गौला दिएकी समीक्षा संग्रौलाको स्वास्थ्यमा पनि राम्रो सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4