Comments Add Comment

श्रीमतीको हत्या आरोपमा युवक पक्राउ

२९ फागुन, काठमाडौं ।  श्रीमतीको हत्या आरोपमा प्रहरीले काठमाडौंको दक्षिणकालीबाट एक युवकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा नवीन राई रहेका छन् । पौवापोखरी गाउँपालिका–३, खोटाङ स्थायी ठेगाना भएका उनी दक्षिणकाली नगरपालिका–२ मा बस्दै आइरहेका थिए ।

नवीनले गत सोमबार ३३ वर्षीया श्रीमती पुष्पा राईको हत्या गरेको देखिएकाले नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रमुख छेदीलाल कामतीले जानकारी दिए ।

हत्यापछि झाडीमा शव फालेका उनले पछि पुनः कोठामै ल्याएर राखेको प्रहरी भनाइ छ ।

श्रीमती हत्याको आरोपमा श्रीमानलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment