
२९ फागुन, काठमाडौं । सांसद राजेन्द्रकुमार केसीले सेयर बजार अर्थमन्त्री डा. युवराज खतिवडाको छायासँग पनि डराएको बताएका छन् ।
‘मलाइ लाग्छ अर्थमन्त्रीजी खुला अर्थनीति र खुलमा अर्थतन्त्रको निश्चित रुपमा विरोधी हुनुहुन्न, तर के कारणले हो’ उनले भने ‘अर्थमन्त्रीको बहिर्गमन हुँदैछ भन्नेपछि ह्वात्त बढ्ने फेरि (पुन नियुक्ति हुनेवित्तिकै) अस्तिमात्रै १६ सय बाट १३ सयमा घटेको छ ।’
बिहीबार प्रतिनिधिसभामा नेपाल धितोपत्रसम्बन्धी पहिलो संशोधन विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद केसीले अहिलेको सेयर बजारका विषयमा अर्थमन्त्रीले आफ्नो धारणा प्रष्ट पार्दा उचित हुने बताए ।
‘हामीले स्वतन्त्र किसिमले पुँजी परिरचालन गर्ने वातावरण बनाउने हो, लगानीमा प्रोत्साहन गर्ने हो । अव्यवस्थित अवस्थाको विषयमा एक पटक अर्थमन्त्री बोल्नुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4