Comments Add Comment

पेटलाई स्वस्थ राख्नका लागि

प्रायः सबै रोगहरुको शुरुवात पेटबाटै हुन्छ । विस्तारै त्यसले सम्पूर्ण शरीरमा कब्जा जमाउन थाल्छ । पेट सफा भयो भने धेरै रोगहरु उत्पन्न हुन सक्दैन । त्यसैले पेटको स्वास्थ्यमा ध्यान पुर्‍याउनु आवश्यक छ ।

पेटका स्वस्थ भयो भने तपाईंको पाचन प्रणाली पनि स्वास्थ्य हुन्छ । पेटमा कुनै समस्या हुनुको अर्थ  रोग प्रतिरोधक क्षमतामा हमला हुनु हो । किनभने शरीरको दुई तिहाई रोग प्रतिरोधक क्षमता हाम्रो पेटमा नै हुन्छ । पेटको स्वास्थ्यका बारेमा अन्य विभिन्न आवश्यक कुराहरु निम्न अनुसार छन् ।

तपाईंको स्वास्थ्यमा पेटको कस्तो महत्व छ ?

पेट हाम्रो इम्यून सिस्टमको घर हो । शरीरको इम्यून सिस्टममा गडबडीका कारण विभिन्न किसिम समस्याहरु उत्पन्न हुन सक्छ । कुनै समस्या सामान्य हुन्छन् भने कुनै त प्राणघातक पनि हुन सक्छन्, जस्तै मुटु सम्बन्धि रोगहरु, क्यान्सर, टाइप-२ डाइबिटीज आदि ।

हाम्रो शरीरको रोग प्रतिरोधक क्षमतासंग पेटको गहिरो सम्बन्ध छ भन्ने कुरा हामीले बुझिसकेका छौं । त्यसैले पेटको स्वास्थलाई ध्यान दिनु अति नै आवश्यक छ । इम्यून बाहेक शरीरलाई राम्रो महसुस हुने हार्मोन सेरोटनिनको ९०५ उत्पादन पेटमा नै हुन्छ ।

यसको साथै पेटमा ३०० देखि ५०० प्रकारको ब्याक्टेरियाहरु पनि हुन्छन् । ब्याक्टेरियाले हामीलाई बिरामी बनाउन सक्छन् भन्ने तपाईं सोच्नु हुन्छ होला, तर यिनीहरुमध्ये धेरै प्रकारका ब्याक्टेरियाले हामीलाई स्वास्थ्यका बनाइराख्न महत्वपूर्ण भूमिका निभाउँछन् । तिनीहरुलाई माइक्रोब्स भनिन्छ, जुन हाम्रो पेटको ठुलो आन्द्रामा हुन्छ । ती माइक्रोब्सले पेटलाई तन्दुरुस्त राख्छ र हाम्रो इम्यून सिस्टमको पनि ध्यान राख्छन् ।

पेटमा समस्या छ भनेर कसरी थाहा पाउने ?

पेटमा समस्या छ भन्ने कुरा थाहा पाउने विभिन्न तरिकाहरु छन् । यहाँ त्यस्ता केही लक्षणहरुले तपाईंलाई पेटमा छिटोभन्दा छिटो ध्यान दिनका लागि सूचित गराउँछ ।

१ पेट बिग्रनु ।

२.अचानक धेरै वजन बढ्नु अथवा कम हुनु ।

३. राम्ररी निद्रा नलाग्नु अथवा थकानको महसुस हुनु ।

४.छालासंग सम्बन्धित समस्याहरु जस्तै चिलाउने, रातो दाग उत्पन्न हुने आदि ।

५. कुनै विशेष खानाको परिकारलाई पचान समस्या भएको महसुस हुनु ।

यस्तो हुनुका पछाडि विभिन्न कारणहरु हुन सक्छन्, जसमा नराम्रो खाना प्रमुख कारण हो । विशेष गरेर आवश्यक भन्दा धेरै प्रोस्ोस्ड खानाको सेवन पेटको स्वास्थ्यका लागि अति नै हानिकारक हुन्छ ।

त्यस्तै पेटको समस्याको दोस्रो कारण भनेको तनाव हो । एन्टि बायोटिक्स र मदिरा आवश्यक भन्दा बढि सेवन गर्नाले पेटमा असन्तुलन उत्पन्न गर्छ । यी बाहेक यदि तपाईंले पर्याप्त निद्रा लिनु भएन भने पनि पेट खराव हुन सक्छ ।

कसरी गर्ने पेटको हेरचाह ?

पेट हाम्रो लागि यति धेरै महत्वपूर्ण छ, त्यसैले हामीले यसलाई स्वास्थ राख्नका लागि केही सवाधानीहरु अपनाउनु पर्छ ।

खानपान सही हुुनु पर्छ

प्रशोधित  खानेकुरा, चिनी र धेरै चिल्लो खानेकुरा आवश्यकभन्दा धेरै खानाले पेट बिग्रन सक्छ । यसको लागि हामीले आफ्नो खानपानको बानीमा ध्यान दिनु पर्छ । हामीले सधै पोषणयुक्त खानेकुरा खानु पर्छ । यदि हामीले समयमा नै आफ्नो खाने बानीलाई सुधारेनौं भने पेटमा भएको राम्रो ब्याक्टेरिया नष्ट हुन्छ ।

राम्रो ब्याक्टेरियाको विकास हुने किसिमका केही खाद्य पदार्थहरु जस्तै धेरै फाइबर भएका फलफुल, दाल, सिमी र बदामहरु । यसबाहेक तपाईंले आफ्नो भोजनमा किम्ची, अमिलो बन्दा, दहि जस्ता खाद्य पदार्थहरुको सेवन गर्नु पर्छ । यी चीजहरुले पेटका राम्रो ब्याक्टेरियालाई बढाउन सहयोग गर्छ । प्रोबायोटिक सप्लिमेन्टहरुलाई पनि खानपानमा समावेश गर्नु पेटको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । लहसुन र प्याज पनि आफ्नो एन्टि-क्यान्सर गुणहरु र रोग प्रतिरोधक क्षमता बलियो बनाउनका लागि महत्वपूर्ण हुन्छ ।

तनाव कम गर्नु पर्छ

लामो समयसम्म तनाव लिनु तपाईंको शरीरका लागि हानिकारक हुन्छ । यसले तपाईंको पेटलाई पनि नराम्ररी प्रभावित गर्छ । यदि तपाईं आफ्नो पेटलाई स्वस्थ्यकर बनाउन चाहनु हुन्छ भने तनाव कम गर्नु अति नै आवश्यक छ । तपाईंले आफ्नो जीवनशैलीमा ध्यान, मसाजलाई समावेश गर्न सक्नु हुन्छ । आफ्न्तसंग धेरै भन्दा धेरै समय बिताउनु पर्छ । आफ्नो शौख पूरा गर्नतिर ध्यान दिनु पर्छ । कफी र चियाको मात्रालाई कम गर्नु पर्छ र नियमित रुपले योगा गर्नु पर्छ ।

पर्याप्त निद्रा

अनियमित निद्राले शरीरमा प्रतिकूल प्रभाव पार्छ । विशेष गरेर तपाईंको पेटलाई नराम्ररी प्रभावित बनाउँछ । शुरुमा सामान्य कारणले गर्दा कम सुत्छौं तर विस्तारै कम सुत्ने बानी बस्छ । जसका कारण तपाईंलाई निद्रासंग सम्बन्धित समस्याहरु उत्पन्न हुन थाल्छ ।

तपाईंको स्वास्थ तिव्र रुपले बिग्रन थाल्छ । शरीरलाई पर्याप्त आराम दिनका लागि कम्तिमा पनि ७ देखि ८ घण्टा सुत्नु आवश्यक छ । यदि सम्पूर्ण कोशिशका बावजुद पनि तपाईंको निद्रा पुरा हुन सकेको छैन भने तपाईंले चिकित्सकीय सहायता लिनु पर्छ ।

यदि तपाईं स्वास्थ रहन चाहनु हुन्छ भने आफ्नो पेटको स्वास्थ्यलाई प्राथमिकता दिनु पर्छ । पेटलाई स्वास्थ बनाउका लागि ती सबै कुराहरु गर्नु पर्छ, जुन आवश्यक छ । यसो गर्नाले तपाईंले केही दिन भित्र नै आफ्नो शरीरमा सकारात्मक परिर्वतन देख्न सक्नु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment