
५ चैत, काठमाडौं । प्रहरीले बरामद गरेको मास्कमध्ये ५ लाख मास्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिने निर्णय भएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले स्वास्थ्यकर्मीका लागि ५ लाख मास्क दिने निर्णय गरेको हो ।
बाँकी मास्क साझा स्वस्थ्य सेवा सहकारी संस्था लिमिटेडमार्फत विक्री वितरण गर्ने प्रबन्धका लागि पठाउने निर्णय गरिएको छ ।
प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले बुधबार मात्रै १० लाख थान मास्क बरामद गरेको छ ।
मंगलबार महाराजगञ्जले बुधबार १४ हजार मास्क पनि बरामद गरेको थियो । त्यसअघि काठमाडौं प्रहरी परिसर, टेकुले २ चैतमा १० लाख ८ हजार मास्क बरामद गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4