+
+
Shares

सानोभर्‍याङबाट १० लाख थान मास्क बरामद

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ५ गते १४:०७

५ चैत, काठमाडौं । प्रहरीले १० लाख थान मास्कसहित काठमाडौंको सानोभर्‍याङबाट एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले १० लाख थान मास्कसहित गोरखाका विनोद न्यौपानेलाई पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताएअनुसार बजार मूल्यभन्दा बढीमा बेच्न खोजेको सूचना आएपछि न्यौपानेलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । विश्वभर कोरोना भाइरसको संक्रमण वेला कालोबजारी गरेर सर्वसाधारणलाई दुःख दिइएको गुनासो आएपछि निगराढी बढाउने क्रममा न्यौपाने पक्राउ परेको थापाको भनाइ छ ।

यसअघि महाशाखाले मंगलबार मात्रै बढी मूल्यमा बेच्न खोजिएको १६ कार्टुन स्यानिटाइजर बरामद गरेको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले इन्द्रचोकको सुरज आर्केटमा छापा हानेर स्यानिटाइजरसहित रुपेश रौनियारलाई पक्राउ गरेको थियो ।

उनले ८० मा खरिद गरेको स्यानिटाइजर दुई सय ५० रुपैयाँमा विक्री गर्ने गरेको थापाले बताए । महाशाखाले मंगलबारै महाराजगञ्जबाट १४ हजार मास्क पनि बरामद गरेको थियो । त्यसअघि काठमाडौं प्रहरी परिसर, टेकुले २ चैतमा १० लाख ८ हजार मास्क बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?